छबिसँग भन्दा अगाडि पनि शिल्पाको बिहे भैसकेकोले खुलासा: छबि ओझा दोस्रो श्रीमान

Uncategorized

छबिराज ओझा र नायिका शिल्पा पोखरेलबीचको तनावले सिनेमा क्षेत्रदेखि दर्शकहरु समेत छक्क परे । केही समय अगाडी देखि नै बिवाह भएपनि औपचारिकमा खासै स्वीकार नगरीरहेका उनीहरुको झगडा प्रहरी चौकीसम्म पुग्दा चर्चाको बिषय नै बन्यो । शिल्पाले आफुलाई श्रीमानले ३ बर्षदेखि घरेलु हिंसा गरेको , कानको जाली फटुने गरी कुटेको भन्दै शान्ती सुरक्षाको माग गर्दै उजुरी दिएकी थिईन् । शिल्पाले छबिले आफुलाई गलत काम नगर्दा पनि शंका गर्ने , पिट्ने , सुन्नै नसक्ने गरी गालीगलौज गर्ने आरोप लगाएकीछिन् । प्रहरीकहाँ उनीहरुबीच सहमति त भयो तर शिल्पा अझै पनि छबिको घरमा पुगेकी छैनन् भने छबिले पनि आफनो परिपक्ता देखाउँदै श्रीमतीलाई घर ल्याउँने प्रयास गरेका छैनन् ।

तर उनले शिल्पा आफनो श्रीमती भएको , आए खुला मनले स्वागत गर्ने बताउँदै आएका छन् । एक अन्तरवार्ताको क्रममा छबिले आफुलाई ४ वटी श्रीमती बिवाह गरेको कुरालाई लिएर अनावश्यक टिप्पणी भएको बताएका छन् । उनले शिल्पाको पनि आफनो दोस्रो श्रीमान भएको खुलासा गरे । हुनत शिल्पा छबिसंग बिवाह नगर्दै बिवाहित रहेको अझ भनौ डिभोर्सी रहेको गाईगुई चलेकै हो तर त्यसलाई पुष्टी भने कसैले गर्न सकेका थिएनन् । तर उनले उक्त अन्तरवार्तामा शिल्पाको आफु दोस्रो श्रीमान भएको खुलासा गरे । जुन कुरा कतिपय दर्शकहरुलाई थाहा नै छैन ।

यता छबिले शिल्पाले अरुको कुरा सुनेर श्रीमान श्रीमतीको झगडा प्रहरीसम्म पु¥याएको आरोप पनि लगाएका छन् । उनले कानै फुट्ने गरी शिल्पालाई कुटेको भए उनी कसरी कहिले मल त कहिले बिभिन्न कार्यक्रममा कसरी पुगेकीछिन् त भनेर प्रश्न समेत गरे । यता प्रहरी चौकीमा शिल्पा र छबिबीच मिलापत्र भए पनि शिल्पाले छबिबाट अति नै प्रताडित भएको र कहिलेसम्म सहने भन्द्यै डिभोर्स लिने योजनामा रहेको पनि बाहिर चर्चा छ । किनकी मिलापत्रपछि पनि शिल्पा छबिको घर नफर्कनुले यस चर्चामा थप ध्यु थपिदिएको छ ।

यता छबिले अन्तरवार्ता कै क्रममा भने अब शिल्पासंग पनि घरबार बिग्रिए फेरी बिवाह नै नगर्ने घोषणा समेत गरे । मिलेर बसे शिल्पासंगै बस्ने नमिले अब आफुले अर्काे बिवाह नगर्ने एक्लै बस्ने बताए । सेलिब्रेटी भएकै कारण उनीहरुका दर्शक तथा शुभेच्क्षुकहरुले उनीहरुको स सानो कुरामा चासो राख्नु स्वभाविक नै हो । छबि र शिल्पालाई लिएर पहिले उनीहरुले कहिले बिवाह गर्लान् भन्ने चर्चा थियो तर अहिले भने उनीहरुको डिभोर्स होला की भन्ने कौतुहल्ता पनि देखिएको छ ।