भ्रस्टचारीलाई गोली हान्न फिलिपिन्सका राष्ट्रपतिको आव्हान

Uncategorized

फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटरटेले फिलिपिनी जनतालाई भ्रष्टाचार विरुद्ध सशक्त प्रतिकारमा उत्रिन आव्हान गरेका छन् ।

एक सार्वजनिक कार्यक्रम मार्फत राष्ट्रपति डुटरटेले भ्रष्टाचारमा संलग्न लाई गो*ली ठोक्न समेत आग्रह गरेका छन् । तर,नमर्ने गरि गोलि हान्नुपर्ने उनको भनाई छ ।

भ्र*ष्टा*चारीलाई जेलको सजाय पर्याप्त नभएको भन्दै राष्ट्रपतिले उनीहरुलाई शारीरिक रुपमै घाइते पार्नुपर्ने बताए ।

भ्रष्टचारीले घुसमागे तत्काल थप्पड हान्न समेत उनले जनतालाई आग्रह गरेका छन् ।

फिलिपिनी राष्ट्रपति डुतेर्ते विवादास्पद छवि भएका व्यक्ति हुन् । उनीमाथि देशमा लागू औषध तस्कर तथा सेवनकर्ताविरुद्ध अभियान चलाउँदा ३४ सयको हत्या गरेको आरोप छ । 

पश्चिमा देशका नेताहरूप्रति कटाक्ष गर्ने तथा राष्ट्रवादी नेताको छविले देशका जनतामाझ उनी निकै लोकप्रिय छन् ।