प्रचन्डको सैदान्तिक आत्मसमर्पण-नेकपाले ‘जनयुद्ध’‘माओवाद’र ‘अमेरिकी साम्राज्यवाद’ शब्द हटायो,

Uncategorized

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को राजनीतिक प्रतिवेदनमा जनताको बहुदलीय जनवाद थप्ने प्रयास असफल भएको छ । तर, दस्तावेजमा उल्लेख भएका अन्य कतिपय राष्ट्रिय तथा अन्तरराष्ट्रिय परिस्थितिका विषयमा अध्यक्षद्वयले केही संशोधन गरेका छन् ।

अमेरिकाप्रति काे बुझाइमा सच्चाउदै अमेरिकी साम्राज्यवाद भन्ने शब्द हटायर अमेरिकि साम्राज्यवादी शक्ति का बिच नरम देखिएकाे छ ।प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच ‘जनताको जनवाद’ मा सहमति भएको छ । वरिष्ठ नेता माधवकुमार नेपालसहित भएको सहमतिको भाषिक सम्पादनसमेत मंगलबार सकिएको छ ।

सचिवालयका एक सदस्यका अनुसार प्रतिवेदनमा मुख्यतः दुई ठाउँमा भने अध्यक्षद्वयले कैंची चलाएका छन् । प्रतिवेदनमा भएको ‘हामी शान्तिपूर्ण बाटोबाटै परिर्वतन गर्न प्रतिवद्ध छौं, तर, हाम्रो मात्रै चाहनामा भर पर्दैन । राष्ट्र, जनताविरोधी शक्तिले ठूलै प्रतिवाद गरे भने जनताले जसरी जगाडि बढ्न चाहन्छन्, त्यसको नेतृत्व हामीले गर्नुपर्छ’ भन्ने वाक्यलाई पुरै हटाइएको छ ।

त्यसैगरी प्रतिवेदनमा जति ठाउँमा अमेरिकालाई ‘साम्राज्यवाद’ का रुपमा चर्चा गरिएको थियो, त्यो ठाउँमा ‘अमेरिकी’ भन्ने शब्द हटाइएर नरम बनाइएको छ । ‘अरु चाहिँ भाषिक सम्पादन मात्रै छ’ स्रोतले भन्यो ।

अब नेकपाको दस्तावेजमा अमेरिकालाई ‘साम्राज्यवादी’का रुपमा किटानी गरिने छैन । दस्तावेजमा ‘विश्व साम्राज्यवाद’ पदावलीको मात्रै प्रयोग हुनेछ ।

सच्याउनुअघिसम्म नेकपाको अन्तरिम राजनीतिक प्रतिवेदनमा अमेरिकाको भूमिकालाई यसरी व्याख्या गरिएको थियो–

‘इस्लामिक आतंकवादको विरोधको नाममा इराक, अफगानिस्तान, सिरिया लगायतका अधिकांश खाडी मुलुकहरुमा युद्ध थोपरिएको छ । युद्धको भित्री आशय भने खाडी क्षेत्रबाट तेल र ग्यास लगायतका प्राकृतिक स्रोतहरुको दोहन गर्नुमा केन्द्रित छ । सिरियाको युद्धबाट लाखौं निर्दोषहरुको नरसंहार भएर भयावह मानवीइ संकट सिर्जना भएको छ । कोरियाली प्रायद्वीपमा बढ्दो अमेरिकी गतिविधिले तनाव सिर्जना गरेको छ ।’