एकै दिन नबिल बैंकले खोल्यो १० नयाँ शाखा

अर्थ

काठमाडौ। । नबिल बैंकले विरेन्द्रनगर-सुर्खेत, टिकापुर-कैलाली, तालचोक, बगर, अमरसिंहचोक-पोखरा, लमहि-दाङ, बर्दिबास-महोत्तरी, टाँडी-चितवन, लाहान-सिराहा तथा हरिवन-सर्लाहीमा एकै दिन १० नयाँ शाखा खोलेको छ ।

बैंकले सोमवार यी नयाँ शाखा सञ्चालनमा ल्याएको हो । बैंकको थप नयाँ शाखाबाट ग्राहकहरुले सम्पूर्ण बैंकिङ सुबिधाहरु प्राप्त गर्न सक्नेछन् । समाजका विभिन्न क्षेत्र र तप्काका बढि भन्दा बढि ग्राहकहरुलाई सेवा सुविधा उपलब्ध गराउने उदेश्यले बैंकले शाखा कार्यालयको सजांल बढाउँदै लगिरहेको छ ।

हालै खोलिएका १० नयाँ शाखाहरु सहित बैंकको ६२ वटा शाखा तथा २ एक्स्टेन्सन काउन्टर सहितको बृहत सञ्जाल, १ सय वटा एटिएमहरु र १ हजार ५सयभन्दा बढी नबिल रेमिट एजेन्टहरु रहेका छन् ।