आमाले भिख मागेर खाँदा वास्ता नगर्ने छोरी आज लाखौं कमाउने भएपछि खोज्दै आइन

Uncategorized

भारतको रेलवे स्टेशनमा गीत गाएर आफ्नो गुजारा गर्दै आएकी रानु मोन्डल आफ्नो गला र कलाका कारण अहिले भाइरल बनिरहेकी छन ।

हालै संगीतकार हिमेश रेशमियाको फिल्म ‘ह्याप्पी हार्डी एन्ड हीर’ गीतमा स्वर दिएसँगै रानु अहिले ‘सेलेब्रेटी’ भन्दा कम चर्चित छैनन् । लता मंगेशकर’ को उपाधि समेत पाएकी रानु भाइरल बने लगत्तै वर्षौ देखि अलपत्र आमालाई भेट्न उनकी छोरी आएकी छिन् ।

भारतीय सञ्चारमाध्यमका अनुसार श्रीमानको निधन भएपछि उनी रानाघाट रेलवे स्टेसनमा गीत गाएर पेट पाल्दै आएकी थिइन् उनी । उनको घर र बस्ने अवस्था थिएन ।

अहिले आमाछोरीको अँगालो हालेको तस्बिर सञ्चार माध्यममा छापिएका छन् । छोरीका अनुसार उनले रानुलाई भेट्न धेरै प्रयास गरे पनि सम्पर्क गर्न सकिरहेकी थिइनन् । रानुको भिडियो भाइरल भएपछि बल्ल उनलाई फेला पारेको उनले बताई रहेकी छन ।

उनले आफ्नो केही वर्ष पहिले सम्बन्ध विच्छेद भएको भन्दै आमाका बारेमा चिन्ता गर्न नपाएको संचार माध्ययमलाई बताई रहेकी छन ।  जानकारी अनुसार रानुले अब सलमान खानको दबंग ३ मा गीत गाउँने छिन् ।